पुस २७ सम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरुलाई आह्वान : सुदूरपश्चिम प्रदेश


धनगढी: सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दलहरुलाई मुख्यमन्त्रीमा दाबी गर्न आज आह्वान गर्न लागेका छन् । प्रदेश प्रमुख देवराज जोशीले बुधबार विहान १० बजे पत्रकार सम्मेलन गर्दै दलहरुलाई मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गर्न लागेका हुन । प्रदेश प्रमुखले मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्यायसंग कानुनी परामर्श लिई दलहरुलाई मुख्यमन्त्री दाबी गर्न आह्वान गर्न लागेको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।

संविधानको धारा १६८ को उपधारा ३ मा ‘प्रदेश सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र मुख्यमन्त्री नियुक्ति’ गर्नुपर्ने व्यवस्था बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्री गठन प्रक्रिया अघि बढाउन लागेको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेशराज ढुङ्गानाले बताए । उनले भने –‘हाम्रो तयारी पुरा भइसकेको छ । दलहरु तयार नहुँदा केही दिन लम्बीएको हो । आज (बुधबार) विहान १० बजे पत्रकार सम्मेलन गरि दलहरुलाई मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरिने छ ।’

संविधानको धारा १६८ ले प्रदेशसभा निर्वाचनपछि मुख्यमन्त्री नियुक्ति प्रक्रियाबारे उल्लेख गरेको छ । सो धाराको उपधारा १ मा ‘प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने’ र उपधारा २ मा ‘उपधारा (१) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने’ व्यवस्था रहेको छ ।

यस्तै उपधारा (३) मा ‘प्रदेश सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने’ व्यवस्था रहेको छ भने उपधारा ५ मा ‘उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने’ भन्ने उल्लेख छ ।

May be an image of text



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ