जसपासँग एकताको लागि एकीकृत समाजवादी छलफलमा


काठमाण्डु- नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बीच पार्टी एकता गर्न छलफल भएको छ। एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जसपासँग आफूहरू छलफलमा रहेको बताएका हुन् ।

सोमबार बसेको पार्टीको पोलिटब्यूरो बैठकपछि प्रवक्ता खतिवडाले जसपा प्रवक्ता मनिष सुमनले एकीकृत समाजवादीसँग एकताका लागि छलफल गरेको प्रतिक्रिया दिएको उल्लेख गर्दै पत्रकारले सोधेको प्रश्नमा उनले उक्त कुरा साचो भएको प्रष्ट पारे ।

‘उहाँले कति राम्रो कुरा गर्नुभएछ। एकता भए आश्चर्य नमान्नु होला भनेको मानसिकता बनाइराख्नु भनेको हो, हामी छलफलमै छौं।’, उनले भने । प्रतिनिधिसभामा एकीकृत समाजवादीका १० र जसपाका १२ जना सां‌सद छन्।

त्यसअघि बोल्दै पार्टीका अध्यक्ष माधवकुमार नेपाललले प्रचण्ड नेतृत्वको सरकारमा सामेल नहुने बताएका थिए । बैठकमा उनले आफ्नो पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा ठिक गरिरहेको उल्लेख गर्दै कसैसामु लत्रने पक्षमा नरहेको दाबी गरेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ