मेरो बाँकी जीवन सुशासन र विकासका निम्ति समर्पित गर्नेछु : प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू हरेक दिन देशका लागि काम गर्ने बताएका छन् ।

शनिबार चितवनको भरतपुर महानगरपालिका १० स्थित नारायणी नमुना माध्यामिक विद्यालयको उद्घाटन गर्दै उनले आफ्नो यो कार्यकालमा देश र जनताको पक्षमा काम गर्ने बताएका हुन् । आफू भाषण भन्दा पनि काम गर्ने उनको भनाइ छ ।

‘मैले यो पटक हरेक दिन देशको पक्षमा जनताको पक्षमा सुशासन र विकासको पक्षमा काम गर्दै जाने र नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको छु । मैले मेरो बाँकी जीवन सुशासन र विकासका निम्ति समर्पित गर्ने भनेको छु। म अहिले धेरै भाषण गर्ने मनस्थितिमा छैन। यो कार्यकालमा म भाषण कम र काम धेरै, जनताको सेवा धेरै गर्ने प्रतिज्ञा गरेको छु।’, उनले भने ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले जनताले भोग्नु परेको पीर मार्काबाट मुक्त गर्नको लागि जनता र राष्ट्रको पक्षमै जाने संकल्प लिएको दावी गरे । ‘जनताले विभिन्न क्षेत्रमा पाइराखेका सास्तीहरूबाट मुक्त गर्न इंगित गरेर मैले निर्णय गरेको छु । जनतालाई कुनै पनि मर्कामा पर्ने निर्णयलाई कठोर कदम चालेर जनता र राष्ट्रको पक्षमै जाने संकल्प लिएको छु।’



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ