एकीकृत समाजवादीले कुनै पनि पार्टीसँग एकता नगर्ने


काठमाण्डु- नेकपा एकीकृत समाजवादी कुनै पनि पार्टीसँग एकता नगर्ने भएको छ । आज बसेको पार्टीको बैठकले कुनै पनि पार्टीसँग एकता नगर्ने निर्णय गरेको हो ।

बैठक पछि नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले एकीकृत समाजवादी एमालेमा समाहित हुने विषय झुटो भएको बताए । त्यस्तै उनले यस्तो हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरे ।

आजको बैठकले पार्टी सुदृढ बनाउने अभियानमा लाग्नेलगायत विषयमा निर्णय भएको उनले जानकारी दिएका छन् । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन फुटेपछि राजनीतिक रुपमा नेकपा एस एक्लिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ