सुदूरपश्चिम प्रदेश सभा सदस्यहरुले लिए शपथ (तस्विर)


सुदूरपश्चिम प्रदेश सभा सदस्यले शपथ ग्रहण गरेका छन्। प्रदेश सभामा ज्येष्ठ सदस्य ६८ वर्षीय मानबहादुर रावलले प्रदेश सभाका ५२ जना सदस्यलाई शपथ गराएका हुन्।

त्यसअघि प्रदेश प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य रावललाई शपथ गराएका थिए। थारू समुदायका ६ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिए। शपथग्रहणका लागि कतिपय प्रदेश सभा सदस्य आफ्नो मौलिक पोसाकमा उपस्थित भएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ