चीनमा २०० गाडी आपसमा ठोक्किए


काठमाडौं ।  चीनको हेनान प्रान्तमा दुई सय वटा गाडी आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

हेनान प्रान्तको चेङचोउस्थित एलो रिभर माथिको पुलमा उक्त दुर्घटना भएको हो । दुर्घटनास्थलको फोटो र भिडियो हेर्दा थुप्रै गाडीहरु एकैठाउँ थुप्रिएका, एउटा गाडीमाथि अर्को गाडी चढेको र कच्याककुचुक परेको देखिन्छ ।

एक भिडियोमा एक व्यक्तिले दुर्घटनास्थलको दृष्य निकै डरलाग्दो भएको प्रतिक्रिया दिएका छन् । दुर्घटना हुने बेला बाक्लो, हुस्सु र कुहिरो लागेको थियो । कमजोर दृष्यकै कारण दुर्घटना भएको हुनसक्ने अनुमान छ ।

चिनियाँ समाचार च्यानल सीसीटीभीले दुर्घटनाबाट एक जनाको मृत्यु भएको जनाएको छ । दुर्घटनास्थलबाट गाडीहरु पन्छाएर यातायात सन्चालन गर्न उद्धारकर्ताहरु सक्रिय भएको समाचारमा उल्लेख छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ