चीनले एकतर्फी रुपमा खुला गर्‍यो हुम्लाको यारी नाका


१३ पुस, काठमाडौं । चीनले नेपालतर्फ वस्तु आयात गर्न सक्नेगरी हुम्लाको यारी नाका पनि खुला गरेको छ । हुम्लाको यारी हुँदै सोमबार ८ ट्रक माल वस्तु नेपालतर्फ भित्रिएको हुम्लास्थित भन्सार कार्यालयले जनाएको छ ।

हुम्लाको यारी नाका भन्सार कार्यालय प्रमुख रामराज जैसीले नेपालतर्फ मालवस्तु भित्रिएको पुष्टि गरे । ‘हामीलाई प्राप्त जानकारीअनुसार ८ वटा ट्रकमा सामान नेपालतर्फ आएका छन्,’ जैसीले भने, ‘के के सामान आएका छन् त्यो अहिले ठ्याक्कै भन्न सकिने अवस्था छैन ।’यता नेपालस्थित चिनियाँ दूतावासले पनि हुम्लाको नाका एकतर्फ सञ्चालनमा आएको पुष्टि गरेको छ । कोभिडका कारण बन्द अवस्थामा रहेको नाका नेपालतर्फ सामान ल्याउन सकिने गरी सोमबारबाट सञ्चालनमा आएको दूतावासले जनाएको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ