उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
५ पुस, काठमाडौं । आज पनि देशका केही ठाउँमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ ।
पछिल्लो समय नेपालमा बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेकाले मौसम बदली भएको छ । जसका कारण तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागिरहेको छ भने उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात भएको छ ।
आज दिउँसो पनि प्रदेश १ को पहाडी क्षेत्रको एक/दुई ठाउँमा हल्का वर्षा र बागमती र गण्डकीको उच्च पहाडी भू-भागका एक/दुई क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार ती ठाउँ बाहेक अन्य भागमा भने मौसम सामान्यतया सफा रहने छ ।
बुधबार पनि मौसममा समान्य बदली हुने सम्भावना छ । प्रदेश १ मा आंशिकदेखि सामान्य बदली, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
बिहीबार भने मौसम आंशिक बदली भए पनि वर्षा र हिमपातको सम्भावना न्यून रहेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस