पालिकाका अधिकारीले बिदा बस्दा मन्त्रालयको स्वीकृति लिनुपर्ने


पालिकाका अधिकारीले बिदा बस्दा मन्त्रालयको स्वीकृति लिनुपर्ने

काठमाण्डाै – पालिकाका प्रमुख प्रशासकीय अधिकृत अब बिदामा बस्दा अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएअनुसार जिल्ला समन्वय समितिका अधिकारी र पालिकाका प्रमुख प्रशासकीय अधिकृतले बिदामा बस्दा अनिवार्य मन्त्रालयबाट स्वीकृति गराउनुपर्ने मन्त्रालयको सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका प्रमुख रवीन्द्रजङ्ग थापाले बताएका छन । उहाँले जानकारीविना कार्यक्षेत्र छाडेर जाँदा सेवा प्रवाहमा समस्या देखिएकाले अबदेखि मन्त्रालयको स्वीकृितविना बिदा पनि बस्न नपाइने बताएका छन ।

ती अधिकारीले आफूखुसी कार्यालय छाडेर बाहिर जाने गरेको गुनासो आएकाले जानकारीविना कार्यालय छाडेर नजान उनीहरूलाई निर्देशन दिइएको छ ।

मन्त्रालयले ७७ जिल्ला समन्वय समिति र सात सय ५३ वटै पालिकालाई पत्र पठाइ अबदेखि मन्त्रालयको पूर्वस्वीकृति विना जिल्ला र कार्यक्षेत्र नछाड्न पनि निर्देशनमा उल्लेख गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ