सरकारमा सहभागि हुने जनमत पार्टीको निर्णय
काठमाण्डु- जनमत पार्टीले सरकारमा जाने निर्णय गरेको छ । सिके रावत नेतृत्वको जनमत पार्टीले गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने गरेको निर्णय गरेको हो ।
सत्ता गठबन्धनका शिर्ष नेताहरुले सरकारलाई सहयोग गर्न अध्यक्ष रावतलाई आग्रह गरेका थिए । आज बसेको जनमत पार्टीको केन्द्रीय समितिको बैठकले सरकार गठन गर्न सहयोग गर्ने निर्णय गरेको जनाइएको छ ।
त्यसैगरी गठबन्धनसँग वार्ता गर्नका लागि कार्यकारिणी समितिको बैठकले कार्यदल बनाउने निर्णय समेत गरेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस