तनावग्रस्त धनगढीमा निषेधाज्ञा जारी


जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा निषेधाज्ञा जारी गरेको छ। बिहीबार साँझ ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो।

पञ्चाेदय मावि हसनपुरमा अध्ययन गर्ने १५ वर्षीया चाँदनी साउदको सडक दुर्घटनामा मृत्यु भएपछि बिहीबार दिनभर तनावग्रस्त बन्यो। चाँदनीको सडक सम्याउन ग्रेडरको ठक्करबाट मृत्यु भएको थियो । घटनापछि  स्थानीय वासिन्दा र विद्यार्थीले प्रदर्शन गरेका थिए ।

स्थिति साम्य नभएपछि कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बिहीबार साँझ ७ बजेदेखि शुक्रबार बिहान ७ बजेसम्म निषेधाज्ञाको आदेश जारी गरेका हुन्।

निषेधाज्ञाको समयमा पाँचजनाभन्दा बढी भेला हुन, आवतजावत गर्न, प्रदर्शन गर्न, घुमफिर गर्न, सवारीसाधन चलाउन नपाइने जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा भनिएको छ।

निषेधाज्ञा पूर्वमा धनगढी उपमहानगरपालिका– १ पुरानो फूलबारी बसपार्क (पुष्पलाल चोक), पश्चिममा धनगढी उपमहानगरपालिका– ४ रातोपुल, उत्तरमा धनगढी उपमहानगरपालिका– ५ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन र दक्षिणमा धनगढी उपमहानगरपालिका– १ र २ स्थित हुलाकी राजमार्गको चारकिल्लाभित्र लागू गरिएको सूचनामा भनिएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ