सुदूरपश्चिममा नौ जना पूर्वमन्त्री प्रतिनिधिसभा सदस्यको चुनावमा पराजित,सबैभन्दा बढी कैलालीका


धनगढी। सुदूरपश्चिममा नौ जना पूर्वमन्त्री प्रतिनिधि सभा सदस्यको चुनावमा पराजित भएका छन् । मंसिर ४ गते भएको प्रतिनिधी सभा सदस्य तर्फको आम निर्वाचनमा उनीहरु पराजित भएका हुन् । पराजित हुनेमा सङ्घीय नौ जना पूर्वमन्त्रीहरु छन् । ती मध्ये सबैभन्दा बढी कैलालीका पाँच जना पूर्व मन्त्री पराजित भएका छन् ।

प्रधानमन्त्री सहित तीन जना बहालवाला सङ्घीय मन्त्री भने विजयी भए। विजयी हुनेमा प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद वडु दार्चुला र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर अछामबाट भए। विभिन्न निर्वाचन क्षेत्रमा १३ जना पूर्वमन्त्रीहरु चुनाव लडेकोमा आठ जना असफल भए । कैलाली क्षेत्र नंं. ४ बाट दुई पटक निर्वाचन जित्नु भएका लेखराज भट्टको संसदीय यात्रा रोकिएको छ । यसअघि, भट्टले २०६४ मा संविधान सभा सदस्य र २०७४ मा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जित हाँसिल गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ