अछाम क्षेत्र नम्बर २ बाट कांग्रेसका पुष्प शाह निर्वाचित


अछाम। अछाम निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति पुष्पबहादुर शाह निर्वाचित भएका छन् । शाह २३ हजार ५४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञबहादुर बोगटी १६ हजार ३४ मत प्राप्त गरेका छन् । ७ हजार २० मतान्तरले शाह विजयी भएका छन्।शाहले २०७४ मा भएको निर्वाचनको हारको बदला लिएका छन् ।

२०७४ को प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा बोगटी २१ हजार ९६५ मत प्राप्त गरेर विजयी भएका थिए । शाहले १९ हजार १०६ मत ल्याएर पराजित भएका थिए । २०७४ मा २ हजार ८५९ मतान्तरले पराजित भएका शाह यस पटक ७ हजार २० मतान्तरले विजयी भएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ