२७ वर्षकी साेविता, लोकप्रिय मतसहित बनिन् सांसद


२७ वर्षकी साेविता, लोकप्रिय मतसहित बनिन् सांसद

काठमाडौं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी साेविता गौतम विजयी भएकी छन् ।

उनले पार्टी संगठनका हिसाबले बलियो मानिएको एमालेका मणिराम फुयाल र सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनाइएकी पूर्वसभामुख ओनसरी घर्तीलाई पराजित गर्दै संसदको यात्रा तय गरेकी हुन् ।

२०५२ साल असार ३ गते दोलखामा जन्मेकी उनी २७ वर्षकी भइन् ।

यस्तो छ सामान्य परिचय

जन्मस्थान : दोलखा
स्थायी ठेगाना : दोलखा तामाकोशी  गाउँपालिका जामुने
बाबु/आमाको नाम : कृष्णप्रसाद गौतम
राजनीतिक दल/स्वतन्त्र : राष्ट्रिय स्वतन्त्र पार्टी
शैक्षिक योग्यता (माथिल्लो शैक्षिक योग्यता) :
स्‍नातक (कानुन)
शैक्षिक योग्यता हासिल गरेको संस्था : नेशनल ल कलेज, त्रि.वि.

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ