कतारमा सुरु भयो फुटबलको महाकुम्भ


विश्व फुटबलको महाकुम्भ कतारमा आजबाट औपचारक रूपमा सुरु भएको छ । बहुप्रतीक्षित ‘कतार विश्वकप २०२२’ को केहीबेरअघि भव्य उद्घाटन समारोह भयो ।
अल बायत स्टेडियममा आयोजना गरिएको उद्घाटन समारोह निकै भव्य आकर्षक थियो । उद्घाटन समारोहका लागि स्टेडियमको तापक्रम २५ डिग्री सेल्सियसमा सीमित राख्ने प्रविधि जडान गरिएको थियो ।

उद्घाटन समारोहमा अमेरिकन गायक लिल बेबी, कोरियाली ब्यान्ड बिटिएस, बलिउड स्टार नोरा फतेह, कोलम्बियाली गायिका शकिरा, जे बाल्भिन, नाइजेरियन गायक तथा गीतकार प्याट्रिक ओकारी, नाइजेरियाली कलाकार किज डेनियलसँगै स्थानीय कलाकारले प्रस्तुति दिए ।

एसियाली क्षेत्रमा दोस्रो पटक फुटबलको महाकुम्भ सुरु भएको हो । यसअघि सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रूपमा फुटबलको महाकुम्भ आयोजना गरेका थिए ।

पहिलो विश्वकप आयोजना भएको २० वर्षपछि कतारले दोस्रो विश्वकप आायोजना गरेको हो । विश्वकपका औपचारिक खेल पनि आजबाटै सुरु भएका छन् । अहिले केहीबेरमा आयोजक कतारले इक्वेडरको सामना गर्दैछ ।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ