देशभर ६१ प्रतिशत मत खस्यो


काठमाण्डु – मुलुकभर आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएकाे छ ।आयोगलाई प्राप्त विवरण अनुसार ६१ प्रतिशत मत खसेको आयोगले जनाएकाे हाे ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कतिपय ठाउँको एकिन संख्या आइनसकेकाले केहि संख्या बढ्ने सक्ने बताए ।

आयोगले अपेक्षा भन्दा कम मतदान भएको पनि उल्लेख गरेको छ । आयोगले शान्तिपूर्ण र उत्साहजनक रुपमा निर्वाचन सम्पन्न भएको पनि जनाएको छ । यस्तै आयोगले निर्वाचन सफल बनाउने सबैलाई धन्यवाद समेत दिएको छ ।

आयोगका अनुसार देशभरका १५ मतदान स्थलको मतदान स्थगित भएको छ । सुर्खेत, नवलपरासी पूर्व, बाजुरा र गुल्मीका १५ केन्द्रमा मतदान स्थगित भएको हो ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ