दार्चुलामा स्थिति नियन्त्रण गर्न हवाइ फायर
दार्चुला, ४ मंसिर । दार्चुलाको एक मतदानस्थलमा विवाद उत्पन्न भएपछि हवाइ फायर गरिएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–५ स्थित ग्वानी बगौराको मालिकार्जुन मावि मतदान स्थलमा प्रहरीले हवाइ फायर गरेको हो।
विवाद पैदा भएपछि त्यहाँको मतदान प्रक्रिया रोकिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। मत हाल्ने क्रममा दुई पक्षबीच विवाद भएपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले हवाइफायर गरेको थियो। अहिले मतदान पुनः सुचारु गर्नका लागि विवाद गर्ने पक्षहरुबीच सहमतिको प्रयास गरिदैछ। एकजनाको नामबाट अर्कैले मत हालेपछि विवाद भएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस