सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन कैलाली काँग्रेसको आग्रह
धनगढी : सत्ता गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन नेपाली काँग्रेस कैलालीले आग्रह गरेको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा सत्ता गठबन्धन दलका उम्मेदवारको पक्षमा लाग्न आज प्रेस विज्ञप्ति जारी गर्दै आग्रह गरेको हो ।
२०७९ मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा प्रदेश सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस तथा सत्तारुढ गठबन्धन दलका साझा उम्मेदवारहरूलाई अमूल्य मतदान गरी विजयी गराउन आग्रह गरेको हो ।
तपाईको प्रतिक्रिया दिनुहोस