नवजिवन अस्पताल धनगढी र लायन्स क्लबको आयोजनामा निशुल्क स्वास्थ्य शिविर हुँदै


धनगढी। धनगढीमा भोली निशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ । धनगढीको नवजिवन अस्पतालको प्रायोजक र लायन्स क्लब अफ धनगढीको सिटीको आयोजनामा निशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको हो। निशुल्क स्वास्थ्य शिविर भोली शनिवार धनगढी १३ श्रीलंका स्थीत नवज्योति आधारभूत तह विद्यालयमा आयोजना हुने भएको आयोजकले जानकारी दिएको छ।

निशुल्क स्वास्थ्य शिविर बिहान ९ बजे देखी दिउँसो २ बजेसम्म रहने नवजिवन अस्पतालका सिइओ चक्र खडायतले जानकार दिएका छन् । आयोजक लायन्स क्लब अफ धनगढीले पनी स्वास्थ्य शिविर आयोजना गर्न लागेको जानकारी दिएको छ । जस अनुसार बिभिन्न बिरामीले स्वास्थ्य लाभ लिन सकिने जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ