काे हुन् निर्वाचन क्षेत्र ५ को (ख) प्रदेश सभा सदस्य नेकपा (माओवादी केन्द्र)का समानुपातिक उम्मेदवार बसन्त बहादुर बागचन्द ?


May be an image of 1 person and text that says '父 ने.क.पा. (माओवादी केन्द्र) को तर्फबाट सुदूरपश्चिम प्रदेश सभा सदस्य पदका समानुपातिक उम्मेदवार बसन्तबहादुर बागचन्दलाई गोलाकार भित्रको हसिया हतौडा चिन्हमा मतदान गरी अत्यधिक मतले विजय गराओ सम्पर्क नं.: 世て४て४१८६६३'

सपना त ! धेरैले देख्ने गर्छन् तर ति सपनाहरू लाई बिपनामा परिणत गर्ने अवसर दुनियाँमा थोरै मान्छेलाई मात्रै प्राप्त हुन्छ। सपनाहरू पनि मान्छेको स्वभावमा आधारित हुन्छन् धेरैजसोका सपनाहरू हुन्छन् प्रसस्तै धन सम्पति कमाउने ठुलो मान्छे बन्ने,ऐश आरामको जिन्दगी जिउने। यो संसारमा  थोरै मान्छे यस्ता पनि हुन्छन् जसले दुनियाँको लाई आफ्नो सुख र दुनियाँको दु:ख लाई आफ्नो दु:ख ठान्छन् र दुनियाँको सुखको लागि आफ्नो सबै कुरा त्यागेर अरुको भलाईको निम्ति तम्तयार हुन्छन् । ति र त्यस्ता मान्छेहरु मध्य कोहि लक्ष्यमा पुग्छन् त कोहि विविध कारण  गन्तव्यको शिखरमा पुग्न सक्दैनन् । प्रकृतिको नियम बुझिनसक्नुछ। जसले यि कुरामा ध्यान पुर्याउछ ऊ सफल हुन्छ पनि । यस्तै एकजना पात्र हुन् :

डाेटी जिल्लाको बिकट क्षेत्रमा  बुवा- नन्द बहादुर बागचन्द र आमा मन्धरी बागचन्दकाे  कोखबाट जन्मेका क्रान्तिकारि योद्धा हुन् बसन्त बहादुर बागचन्द ।  २०३५ सालमै नेपाल सरकारकाे नासु पदमा सरकारी सेवामा प्रवेस गर्नुभयाे । २०३७ सालकाे जनमत सङग्रह देखि राजनितिक यात्रा प्रारम्भ गर्नुभएकाे थियाे  र  जिल्लामै ख्याली प्राप्त क्याम्पस  डाेटी क्याम्पसबाट  २०४४ सालमा M.A. डिग्रि पुरा गर्नुभयाे र २०४७ सालकाे आन्दाेलनमा कारवाहीमा पर्नुभयाे । नेपालको आमुल परिबर्तनको उद्देश्य लिएर शुरु गरिएको जनयुद्धमा उहाँकाे ठुलाे याेगदान रह्ययाे ।

देश र जनताको मुक्ति नै मुख्य ठानि भुमिगत रुपमा तत्कालीन वामपन्थी मशाललाइ समर्थन गर्दै आउनुभयाे ।  २०६८ साल देखि पार्टीमा पुर्णकालिन  रुपका हाेमिनुभयाे  र २०६८ देखि २०७२ सम्म गरिबि निवारण काेषकाे सदस्यमा रहेेर काम गर्नुभयाे । उहाँकाे चर्चित पुस्तक “बिमार्जन” (जातिवाद र परिवर्तन)  प्रकाशित छ । हाल नेकपा माओवादी केन्द्रको  केन्द्रिय  समाज कल्याण  बिभागकाे सदस्य तथा बुद्दीजीवी स‍‍ंगठनकाे केन्द्रिय सदस्य  हुनुहुन्छ । पार्टीका विभिन्न पद र जिम्मेवारीमा रहि काम गर्नुका साथै पार्टी भित्र कुशल, इमान्दार र निष्ठावान व्यक्तित्वकाे छबि बनाउन सफल बागचन्द। सबैले मन पराउने नेतामा पर्नुहुन्छ।

सधैं जनताको बिकास र समृद्धिको लागि प्रयासरत बागचन्द आम युवाहरुका मात्रै हैनन् सबै उमेर समुहको मान्छेको अत्यन्तै प्रिय नेता हुन्। जागिरे जीवनमा जनताको जनजीवनको बारेमा राम्रो ज्ञान भएका बागचन्द सबै जाति, बर्ग, क्षेत्र , समुदायको बोलि व्यबहार ,रहन ,सहन,चालचलनसंग घुलमिल भैसकेको र सुदुरपश्चिमका हरेक समस्या र चुनौती तथा अवसरको बारेमा गहन अध्ययन भएको नेता हुनुहुन्छ। सरल र मिजासिलो स्वभाव भएका सादकि नेता बागचन्द , मंसिर ४ गते हुने संघ र प्रदेश सभा सदस्य निर्वाचनमा कैलाली जिल्ला संघीय निर्वाचन क्षेत्र ५ को (ख) प्रदेश सभामा  नेकपा (माओवादी केन्द्र)का समानुपातिक उम्मेदवार हुनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, सानै देखि समानता र न्यायमा आधारित समाजमा वाँच्न पाउनु पर्ने हरेकको आफ्नाे अधिकार  हाे भन्ने बुझेको छु , त्यसैले आमूल परिवर्तनका लागि क्रान्ति गरिरहेको पार्टीले त्यो परिवर्तन ल्याउछ भन्ने आस्थाका साथ कम्युनिष्ट पार्टी, नेकपा माओवादी केन्द्रसंग मेरो रगत जोडिएको छ भन्ने बुझेको छुँ । आज पनि म आफ्नाे लक्ष्य र सपना प्राप्तीको बाटोमा हिडेको छु । मैले मेरो राजनीतिक आस्थालाई निष्ठाका साथ अभ्यास गरिरहेको छु ।

त्यसैले, पार्टीले मलाई सु.प प्रदेशको लागि समानुपातिक तर्फको उम्मेदारी दिएकाले सुदूरपश्चिमेली समाजको रुपान्तरणमा योगदान गर्ने मेरा लागि यो एउटा महत्वपूर्ण अवसर ठानेको छु । सबैको साथले मात्र सबैको विकास सम्भव छ । त्यसैले सुन्दर,सभ्य र समृद्ध सुदूरपश्चिमको निर्माणमा सवैलाई साथ लिएर अघि वढ्ने छु । जितिसकेपछि जनताको चाहना र भावनाको कदर गरि जनयुद्धको सपना पुरा गर्ने र जनताको मालिक हैन सबेक भएर काम गर्ने आफ्नो लक्ष्य र उद्देश्य रहेको छ र सभ्य र समृद्ध समाज निर्माणका लागि तपाईको एकमत गोलाकार भित्रको हँसिया हतौडामा छाप लगाई मलाई मतदान गर्नुहुन हार्दिक अनुरोध गर्दछु ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ