आज तिहारको चौथो दिन गाई पूजा मनाइँदै


काठमाण्डु –  आज यमपञ्चक अर्थात् तिहारको चौथो दिन । आज गाईतिहार, गाईको पूजाआजा गरी मनाइँदै छ ।

गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट जस्तै माया पाइने धार्मिक विश्वासका साथ पूजा गरी गाई तिहार मनाइएको हो । वैदिक सनातन संस्कृति र ओमकार परिवारले गाईलाई आमाका रूपमा पूजा गर्ने गर्दछन् ।

हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ । आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्न रोगहरूमा अचुक औषधिका रूपमा प्रयोग गर्दा मानव स्वास्थ्यलाई फाइदा पुग्ने भनी अनुसन्धानबाट प्रमाणित गरेपछि गाईको महत्व अझ बढेको छ गाई जगत जननी भएकाले पनि हिन्दु संस्कार अनुसार पूजा गर्ने गरेको जनविस्वास छ । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरीन्छ ।

आजको दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो मीठो खान दिने गरिन्छ। गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ।

आजको दिनलाई गाईतिहार र हलीतिहार समेत भन्ने गरिन्छ। आज गाईलाई मीठा कुरा खान दिइन्छ । आजैका दिन बेलुकी घरघरमा ‘देऊ शुभ’ भनी देउसी खेल्ने गरिन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ