काे हुन अछाम निर्वाचन क्षेत्र १ को (ख) प्रदेश सभा गठ्बन्धनका साझा उम्मेदवार झपट साउद ?

 झपट साउदका सपना र प्रतिबद्धता


सपना त ! धेरैले देख्ने गर्छन् तर ति सपनाहरू लाई बिपनामा परिणत गर्ने अवसर दुनियाँमा थोरै मान्छेलाई मात्रै प्राप्त हुन्छ। सपनाहरू पनि मान्छेको स्वभावमा आधारित हुन्छन् धेरैजसोका सपनाहरू हुन्छन् प्रसस्तै धन सम्पति कमाउने ठुलो मान्छे बन्ने,ऐश आरामको जिन्दगी जिउने। यो संसारमा  थोरै मान्छे यस्ता पनि हुन्छन् जसले दुनियाँको लाई आफ्नो सुख र दुनियाँ को दु:ख लाई आफ्नो दु:ख ठान्छन् र दुनियाँ को शुखको लागि आफ्नो सबै कुरा त्यागेर अरुको भलाई को निम्ति तम्तयार हुन्छन् । ति र त्यस्ता मान्छेहरु मध्य कोहि लक्ष्यमा पुग्छन् त कोहि विविध कारण  गन्तव्यको शिखरमा पुग्न सक्दैनन् । प्रकृतिको नियम बुझिनसक्नु छ। जसले यि कुरामा ध्यान पुर्याउछ ऊ सफल हुन्छ पनि । यस्तै एकजना पात्र हुन् :
अछाम जिल्लाको बिकट क्षेत्रमा चिरपरिचित तत्कालीन भाटाकाटिया गा. वि.स.पुदु गाउँमा २०३७ सालमा बुवा- बिर ब साउद र आमा रिकि देवि साउदको कोख बाट जन्मेका ,क्रान्तिकारि योद्धा हुन् झपट साउद बुबाको सरकारि जागिर थियो,अगाडि दाइ र पछाडी भाइहरु थिए,के खाउ ? र के लाउ को स्थिति थिएन। जिल्लामै ख्याली प्राप्त क्याम्पसमा अध्ययन गर्दागर्दै  नेपाल को आमुल परिबर्तन को उद्देश्य लिएर शुरु गरिएको जनयुद्ध प्रति प्रेरित भइ देश र जनताको मुक्ति नै मुख्य ठानि,लाउलाउ र खाउखाउको कलिलो उमेरमा बाआमाका तत्कालीन र दीर्घकालीन सपनाहरू लाई धाति राख्दै २०५६ सालमा नेकपा माओवादी को पुर्णकालिन कार्यकर्ता भएर भुमिगत भइका साउद २०५४ सालमै अखिल क्रान्तिकारी मा संगठित भै सक्नु भएको थियो। २०५८ सालमा अखिल क्रान्तिकारी अछाम जिल्ला अध्यक्ष २०५९मा केन्द्रिय सदस्य ,अछाम बाजुरा इन्चार्ज ,२०६१ मा केन्द्रिय सचिवालय  सदस्य र पार्टीको जिल्ला कमिटी सदस्य ,तत्कालीन शाही सरकारले सत्ता हातमा लिइ चरम दमन गरिरहेको समयमा २०६१ सालमै नारायणि-बाग्मति इन्चार्ज तथा पार्टीको क्षेत्रीय ब्युरो सदस्य ,२०६३ मा अखिल क्रान्तिकारी को सेति महाकाली संयोजक तथा पार्टीको ब्युरो सदस्य भएका साउद २७ बर्षको कलिलो उमेरमा अछाम जिल्ला क्षेत्र नम्बर १ बाट २०६४सालमा संविधान सभाको सदस्य  पदमा चुनाव लड्नु भयो। नेकपा माओवादी केन्द्र अछाम जिल्ला संयोज,नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको  नेकपा अछाम जिल्ला सचीव ,हाल नेकपा माओवादी केन्द्रको  केन्द्रिय सदस्य तथा अछाम जिल्ला इन्चार्ज हुनुहुन्छ । पार्टीका विभिन्न पद र जिम्मेवारीमा रहि काम गर्नुका साथै पार्टी भित्र कुशल संगठकको छबि बनाउन सफल साउद। सबैले मन पराउने नेता मध्ये मा पर्नुहुन्छ।
सधैं अछामि जनताको बिकास र समृद्धि को लागि प्रयासरत साउद अछामी युवाहरुका मात्रै हैनन सबै उमेर समुहको मान्छेको अत्यन्तै प्रिय नेता हुन् ।अछामको सबै जनताको जनजीवनको बारेमा राम्रो ज्ञान भएका साउद सबै जाति बर्ग क्षेत्र समुदायको बोलि व्यबहार ,रहन ,सहन,चालचलनसंग घुलमिल भैसकेको र यहाँका हरेक समस्या र चुनौती तथा अवसरको बारेमा गहन अध्ययन भएको नेता हुनुहुन्छ। सरल र मिजासिलो स्वभाव भएका नेता साउद ,जनयुद्धको समयमा अछामका सबै गाउँ बस्तीमा आफु पुगेको हुँदा ,बिकास निर्माण र युवा रोजगारी को लागि आफु संग बिकास को स्पस्ट खाका रहेको बताउने गर्नुहुन्छ। आन्दोलन र क्रान्तिमा बिचलित न भइ देश र जनताको मुक्क्तिको  निमित्त जनयुद्धको कुसल सिपाही झपट साउद आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सभा सदस्य निर्वाचन मा अछाम जिल्ला संघीय निर्वाचन क्षेत्र १ को (२) प्रदेश सभामा बाम लोकतान्त्रिक गठ्बन्धनको साझा उम्मेदवार हुनुहुन्छ ।
आफैले लडेर ल्याएको ब्यबस्थामा आफुले चुनाव जित्न कठिन न भएको र जितिसकेपछि जनताको चाहना र भावना को कदर गरि जनयुद्धको सपना पुरा गर्ने र जनताको मालिक हैन सबेक भएर काम गर्ने आफ्नो लक्ष्य र उद्देश्य रहेको र यि मेरा सपनाहरू र पुरा गर्ने अवसर प्रदान गरिदिनु हुन अछाम जिल्लाको भाग्यबिधाताहरु समक्ष मेरो प्रतिबद्ध छ। भन्दै गोलाकार भित्रको हँसिया हताैडा चुनाव चिन्नमा मतदान गरि दिन सादर अनुरोध गर्दछु ।


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ