वीरबहादुर बलायरलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण


धनगढी। निर्वाचन आयोगले नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरलाई स्पष्टीकरण सोधेको छ।कैलाली क्षेत्र नं।४ क मा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा आयोग र आयोगका पदाधिकारीमाथि लाञ्छनापूर्ण अभिव्यक्ति दिएको भन्दै आयोगले शुक्रवार उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो।

‘तपाईँले आफ्नो निर्वाचन क्षेत्रमा गत बिहीबार आयोजित कार्यक्रममा निर्वाचन आयोग नेपाल र यसका पदाधिकारीहरू उपर लाञ्छनापूर्ण अभिव्यक्ति दिनुभएको सूचना र सोलाई पुष्टि गर्ने सामग्री आयोगमा प्राप्त भइसकेको सन्दर्भमा तपाईँले उक्त अभिव्यक्ति दिनु भएको होइन भन्ने आधार र प्रमाण के छ रु,’ आयोगले बलायरलाई सोधेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ