गठबन्धनकै प्रतिनिधिबाट धनगढी समृद्ध बन्छ : धामी
कैलाली क्षेत्र नम्बर ५ ‘१’ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेका रमेश धामीले गठबन्धन दलका प्रतिनिधिबाटै धनगढीको समृद्धि हुने बताएका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १७ धुर्जन्नामा आयोजित चुनावी सभामा धामीले गठबन्धनका प्रतिनिधि निर्वाचित भए धनगढी समृछिको बाटोमा अघि बढ्ने बताएका हुन् ।
उनले प्रदेशमा आफु निर्वाचित भएमा कुनै पनि दलको प्रतिनिधि नहुने बताए । उनले भने – ‘म निर्वाचित भएपछि पाँच वर्ष म जनताको प्रतिनिधि हुँ । सबै पार्टीहरुको साझा व्यक्ति बनेर काम गर्छु ।’
उनले गठबन्धन दलभित्र रहेका सबै दलका नेता, कार्यकताहरु एक ठाउँमा उभिएर निर्वाचनमा होमिनु पर्ने बताए । ‘आज कसैले पनि माओवादी, काँग्रेस, समाजवादी पार्टीको नभन्नुहोस । यो राष्ट्रिय आवश्यकताका आधारमा सबै पार्टी मिलेर बनेको गठबन्धन दल हो’ उनले भने –‘२०३६ र २००७ सालतिर देशलाई जान नदिन सबै गम्भिर भएर छलफल गर्नु पर्ने छ ।’
तपाईको प्रतिक्रिया दिनुहोस