अपहरण घटनामा मुछिएका पूर्वआईजीपी खनाल एमाले प्रवेश


काठमाडौं : अपहरण घटनामा मुछिएका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार पार्टी कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका हुन् । पूर्व आईजीपी खनाल जनता समाजवादी पार्टी (जसपा)का सांसद डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याएको घटनामा मुछिएका थिए ।

खनालले एमाले प्रवेश गर्न पाउँदा हर्षविभोर भएको बताए । ‘एमालेमा प्रवेश गर्न म पाउँदा हर्षविभोर भएको छु । आम नेपालीको अपेक्षा, देश विदेशको आस्थाको केन्द्र, समृद्ध नेपाल सुखी नेपालीको नारा अघि बढाउने प्रणेताको हातबाट नेकपा एमालेको जस्तो गरिमामय पार्टीको सदस्यता लिन पाउँदा खुसी छु’ उनले लेखेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ