पाटन–पञ्चेश्वर सडकमा चल्ने सवारीसाधनले दोब्बर भाडा असुल्ने गरेको यात्रुले गुनासो


बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडी र यातायात व्यवसायीको बैठकले जिल्लाभित्र चल्ने सवारीसाधनको भाडादर निर्धारण गरेको भए पनि पाटन–पञ्चेश्वर सडकमा चल्ने सवारीसाधनले दोब्बर भाडा असुल्ने गरेको यात्रुले गुनासो गरेका छन्।

बैतडीको पाटन–पञ्चेश्वर सडक खण्डको मेलौलीसम्म २५० रुपियाँ भाडा कायम गरिएको भए पनि जिप चालकले पाँच सय रुपियाँ असुल गर्ने गरेका यात्रुले गुनासो गरेका हुन्। जिपले व्यवसायीले टिकटसमेत नदिने गरेको सर्वसाधारणको गुनासो छ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ