नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानकै उल्लंघन गर्नुभयो: पूर्वराष्ट्रपति यादव
काठमाण्डु – पूर्वराष्ट्रपति डा. रामवरण यादवले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानकै उल्लंघन गरेको बताएका छन् ।
बुधबार जनकपुरधामस्थित सरस्वती नमुना माध्यमिक विद्यालयको भवन निर्माण एवं परिसर सुधार कार्य शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीय संसदको दुवै सदनले बहुमतले पारित गरेको उक्त विधेयक प्रमाणीकरण नगरे राष्ट्रपति भण्डारीले संविधानको उल्लंघन गरेको बताएका हुन् ।
त्यसैगरी पूर्वराष्ट्रपति यादवले देश फेरि प्रतिगमनतिर जान सक्ने भन्दै जनतालाई सचेत रहनसमेत आग्रह गरे । संविधानलाई कसरी जोगाउने भन्ने जिम्मेवारी जनताकै काँधमा रहेको उनको भनाइ छ ।
नागरिकता विद्येयक प्रमाणीकरण गर्ने अन्तिम समय मंगलबार राति थियो । तर, राष्ट्रपछि भण्डारीले उक्त विधेयक अस्वीकार गरेकी छन् । मंगलबार राति १२ बजेसम्म राष्ट्रपतिले उक्त विद्येयक प्रमाणीकरण नगरेपछि सो विद्येयक स्वतः निष्क्रिय बनेको हो ।
राष्ट्रपतिले यसअघि नागरिकता विद्येयकका केही प्रावधान सच्याउन भन्दै संसदमा फर्काएकी थिईन । तर, प्रतिनिधिसभा र राष्ट्रियसभाले फेरी हुबहु पारित गरेपछि उनि असन्तुष्ट थिईन । राष्ट्रपति भण्डारीले उक्त विधेयक प्रमाणीकरण नगरेपछि समाजिक सञ्जालमा उनको पक्ष र विपक्षमा टिका टिप्पणी हुँदैछन् ।
तपाईको प्रतिक्रिया दिनुहोस