शुक्रबार रातिदेखि काठमाण्डु उपत्यकामा जोरबिजोर प्रणाली लागू हुने, अन्य के-के गर्न पाईंदैन (सूचिसहित)

 उपत्यकामा शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली


काठमाडाैं –  उपत्यकामा शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुने भएको छ । कोरोना संक्रमितको संख्या बढेसँगै स्मार्ट लकडाउन गरिएको उपत्यकामा माघ ७ गते शुक्रबार रातिबाट यातायातका साधनमा जोरबिजोर प्रणाली लागू हुने भएको हो ।

बिहीबार काठमाडाैं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले स्मार्ट लकडाउनको कार्यविधिअनुसार सार्वजनिक र निजी यातायातका साधनहरुमा शुक्रबार राति १२ बजेदेखि यातायातका साधनहरुमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

जोरबिजोर प्रणाली सार्वजनिक यातायात, निजी सवारी साधन र दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए ।

उनका अनुसार भोलि रातिदेखि जोर गते जोर अन्तिममा जोर नम्बर भएको सवारी साधन चलाउन पाइने छ भने बिजोर गने अन्तिममा बिजोर नम्बर भएको सवारी साधन चलाउन पाइने छ ।

औषधि, स्वास्थ्य सामाग्री बोकेका सवारीसाधनहरू, एम्बुलेन्स, दमकल, सववाहन, ग्यास पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन, पशुपंक्षिका दाना, अन्डा फलफूल, खाद्यान्न, तरकारी, माछामासु बोकेका सवारी साधनमा भने जोरबिजोर प्रणाली लागु हुने छैन ।

यसैगरी सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, सिनेमाहल, डान्सबार, दोहोरी, नाचघर, क्यासिनो, क्लब, हेल्थक्लव, जीमखाना, रंगशाला, संग्राहलय, पुस्तकालय चिडियाखाना, कभर्ड हल, स्वीमिङ पुल,फुटसल, जात्रा, महोत्सव, पटकेहाटबजार मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम गर्न रोक लगाइएको छ ।

शैक्षिक संस्थाहरूले भौतिक (तालिम केन्द्र, कोचिङ सेन्टर ट्यूसन,कलेज,विद्यालय) उपस्थितिमा गर्ने पठन पाठन गर्न पाउने छैनन् । विश्वविद्यालय/विद्यालय/शिक्षालयका परीक्षा, जनशक्ति भर्नाका परीक्षा लगायतका किसिमका परीक्षाहरू गर्न पनि रोक लगाइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ