नेपाल टेलिकमको चरम लापबाहीका कारण बझाङ बासी सास्ती खेप्दै


बझाङ : नेपाल टेलिकमको जरम लापबाहीका कारण बझाङबासी सास्ती खेप्नु परेको छ । बझाङका बिभिन्न स्थानीय तहहरुमा नेपाल टेलिकमको नेटवर्कमा समस्या छ । नेपाल टेलिकमको नेटवर्कमा समस्याहुदाँ इमर्जेन्सी काममापनि सञ्चार विहिन हुनु परेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । जिल्लाको खप्तडछान्ना गाउँपालिका,छविसपाथिभेरा गाउँपालिका, बुङ्गल नगरपालिका र केदारस्युँ गाउँपालिकाका विभिन्न स्थानहरुमा नेपाल टेलिकमको नेटवर्कको समस्या बेला बेलामा हुने गरेको स्थानीय बासिन्दाले बताएका छन् । पटक पटक नेटवर्क आउने जाने, नेटवर्कले राम्ररी काम नगर्ने र फोन गर्न डाँडाकाँडा धाउनुपर्ने झन्झटिलो बाध्यता रहेको खप्तडछान्ना गाउँपालिकाका वडा नं ७ का स्थानीय तथा शिक्षक उपेन्द्र मल्लले बताउनुभयो ।

“हामी छान्नाबासी सर्वसाधारण जनताहरुले सोचेको जस्तै नेटवर्क सुविधा कहिले पाउछौ त रु टेलिकमको टावरमा केही प्राबिधिक समस्या छ भनेपनि सुधार गर्नु पर्यो होइन भने के देखाउन लाई मात्रै टावर बनाएको होर रु दिउँसो ११ बजेसम्म पनि टावर आउदैन भने हामीले कसरी नेटवर्क मार्फत काम गर्ने खवर आदान प्रदान गर्ने,सरोकारवाला निकायले बेलैमा ध्यान दिनुपर्छ“खप्तडछान्ना ५ कालुखेतीका स्थानिय धर्म गिरीले भन्नुभयो । यस्तै गाउँघरमा सामान्य पानि पर्दापनि नेटवर्क गइहाल्छ, इमर्जेन्सी काममा पनि सञ्चारविहिन हुपरेको छ,त्यसैले आकाशमा बादल लाग्दापनि चिन्ता लाग्ने गरेको छ,अहिलेको इन्टरनेटको जमनामा पनि सञ्चार सुविधाबाट बञ्चित हुनु भनेको दुखको कुरा हो,खप्तडछान्ना ४ पसलबगरका स्थानिय पर्पल थ्टले गुनासो गर्नुभयो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ