सोलुखुम्बु पुगेर प्रचण्डले भने- फेरि एकपटक प्रधानमन्त्री बन्ने अवसर दिनुहोस्
काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक देशको नेतृत् गर्ने इच्छा भएको बताएका छन् ।
सोमबार सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकाको सामुदायिक अस्पताल तथा प्राविधिक शिक्षालय उद्धाटन गर्दै प्रचण्डले आफूलाई पुनः एकपटक देशको विकास र समृद्धिको नेतृत्व गर्ने अवसर दिन आग्रह गरेका हुन्।
उनले नेपालको इतिहासमा आफूलाई क्रान्ति, शान्ति र संविधानको नेतृत्व गर्ने र कार्यान्वयन गर्ने, पहिचानको अधिकार स्थापित गर्ने, समावेशी समानुपातिक बनाउने अवसर मिलेको स्मरण गरे ।
‘तपाईंहरूले क्रान्ति गर्ने जिम्मेवारी दिनुभयो। अर्कोतिर शान्ति सम्झौता गरेर शान्तिमा रुपान्तरण गर्ने जिम्मेवारी दिनुभयो । अब फेरि एकपटक समृद्धिको नेतृत्व गर्ने अवसर दिनुहोस्’, प्रचण्डले भने ।
देशको विकासको लागि नेकपा माओवादी केन्द्र सँधै लागि रहेको उनको भनाइ छ । पछिल्लो समय प्रचण्डले पुनः एकपटक प्रधानमन्त्री हुन चाहेको बताउँदै आएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस