गूप्तचरको प्रमुखमा हुतराज थापा नियुक्त


काठमाण्डु – राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा हुतराज थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई गूप्तचरको प्रमुखमा नियुक्त गरेको हो ।

हालका प्रमुख यदुलाल खरेलले मंगलबारदेखि अवकाश पाउने भएपछि सरकारले बुधबारदेखि लागू हुने गरी थापालाई नियुक्ति गरेको हो । गूप्तचर विभागको प्रमुखका लागि एआईजी ओम जोशी समेत प्रतिस्पर्धामा थिए । तर, सरकारले थापालाई नै प्रमुख नियुक्त गरेको हो ।

सोमबार बसेको बैठकले डिआईजी टेकेन्द्र कार्कीलाई समेत एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । थापापछि जोशी र कार्कीमध्ये एक जना गूप्तचरको आईजीपी बन्नेछन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ