आई पुग्यो बाजुराको अर्गानिक स्याउ धनगढीमा
धनगढीः बाजुराको अर्गानिक स्याउ धनगढी आई पुगेको छ । कृषि ज्ञान केन्द्र बाजुरा र प्रधानमन्त्री कृषी आधुनिकीकरण परीयोजना कायान्यन ईकाईको सहयोग र स्वामीकार्तीक खापर गाँउ पालीका कृषी विकास शाखा सुईजिउला बाजुराको समन्वयमा उक्त अर्गानिक स्याउ धनगढी पुगेको छ । स्वामिकार्तिक–खापर गाउँपालिका बाजुराको कुनैपनी मिसावट नभई अर्गानिक स्याउ शनिबार धनगढी पुगेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरि पनेरुले बताए । उहाँका अनुसार किसानको बारीबाट भरिया र खच्चरमा तिलिचोसम्म ढुवानी गरिएको स्याउ ट्रकमा धनगढी ल्याइएको हो ।
साँफे–मार्तडी सडक अवरुद्ध भएकाले कर्णाली करिडोरबाट सुर्खेत–कोहलपुर हुँदै स्याउ धनगढी पुगेको पनेरुले वताए । किसानलाई बोटमा अनुदान दिएको कृषि ज्ञान केन्द्रले स्याउका कार्टुन र ढुवानीमा प्रति किलोग्राममा ३० रुपैयाँ दिएको पनेरुले बताए । ‘रेड डेलिसियस र ‘गोल्डेन डेलिसियस’ स्याउ धनगढी आएको हो। किसानले ‘ए’ ग्रेडको ५० रुपैयाँ प्रतिकिलो र ‘बी’ ग्रेडको ४० रुपैयाँ प्रतिकिलोका हिसाबले बारीमै स्याउको मूल्य पाएको छन्, जिल्लाबाट २ सय क्विन्टल स्याउ धनगढी ल्याउने लक्ष्य रहेको र धनगढीमा १ सय ३० रुपैँयाका दरले प्रति किलो बिक्री गनुप्रर्ने फ्यूचर स्याउ कृषक समुह अध्यक्ष धन बहादुर रावलले वताए । उनका अनुसार साँफे–मार्तडी सडक अवरुद्ध भएकाले कर्णाली करिडोरबाट सुर्खेत–कोहलपुर , कैलालीको लम्कीमा केही स्याउ छोड्दै धनगढी आईपुगेको समेत रावलले बताए । स्याउ संगै अन्य उतपादनको बजारिकरण गरिनेछ । प्रदेश सरकारले स्थानीय उत्पादनलाई बढावा दिने नीति बनाएको छ ।
त्यसले रोजगारि पनि बढाउछ । स्याउ टिप्न सिम्ला जाने युवालाई बाजुरामा रोक्नु प्रर्ने समेत रावलले वताए । अझै स्याउ आउने क्रममा रहेको समेत रावलले वताए । जिल्लामा २ हजार मेट्रिक टन स्याउ उत्पादन हुँदै आएको छ । जिल्लामा उत्पादन भएको सबै स्याउ बजारसम्म ल्याउन सकिएको छैन । जसका कारण किसानले फलाएको स्याउ बारीमै कुहिने गरेको स्थानिय कोमला कुमारी शाहीले वताईन् । धनगढीमा स्याउ विक्रिकेन्द धनगढीको चौराहामा रहेको हिमाली होटलमा रहेको होटल सन्चालक सुरेन्द्र थापाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया दिनुहोस