देशभर थप २२१ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५८ जनाको परीक्षणमा २२१ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५१९ जनाको पीसीआर परीक्षण गर्दा १२२ जना र २ हजार ५३९ जनाको एन्टिजेन परीक्षण गर्दा ९९ जनामा संक्रमण देखिएको छ ।

योसँगै देशभरमा सक्रिय संक्रमित २ हजार ४४४ जना रहेको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार २४४ पुगेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ