सुदूरपश्चिम सरकारको प्रमुख सचिवमा दुवाडी


सुदूरपश्चिम सरकारको प्रमुख सचिवमा दुवाडी

धनगढी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको प्रमुख सचिवमा नारायण प्रसाद शर्मा दुवाडी आउनु भएको छ  । बुधबारबाट दुवाडीले आफ्नो कार्यभार सम्हाल्ने भएका छन् ।

नारायण प्रसाद शर्मा यसअघि प्रधानमन्त्रीको कार्यालयमा कार्यरत थिए । विगत लामो समयदेखि प्रदेश सरकार प्रमुख सचिव विहीन रहेको थियो ।

यसअघिका प्रमुख सचिव मधुसुदन बुर्लाकोटीलाई गुपचुपमै सुरुवा गरिएपछि प्रदेश सरकार निमित्तको भरमा चलेको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ