कैलाली र कञ्चनपुरमा आईतबार सार्वजनिक बिदा


कैलाली र कञ्चनपुरमा आईतबार सार्वजनिक बिदा

कैलाली – सुदूर तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा आईतबार सार्वजनिक बिदा दिएको छ। यही भदौं १२ गते आईतबारका दिन सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको अटवारी पर्वका लागि सार्वजनिक बिदा दिएको हो।

यसअघि  २०७८ चैत २२ गतेको  प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले अटवारी पर्वको बिदा भदौ १९ गते दिने निर्णय गरेको थियो । तर बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अटवारी पर्वको बिदा भदौ १२ गते दिने निर्णय गरेको थियो  ।

उक्त दिन कैलाली-कञ्चनपुरका सम्पूर्ण सरकारी कार्यालय र सार्वजनिक निकायमा बिदा रहने जनाइएको छ।थारु समुदायका पुरुषले पानीसमेत नखाई दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै पाँच पाण्डवमध्येका भीमको अटवारी पर्वका बेला पूजा गरिन्छ।

यसैबीच,कञ्चपुरको बेलौरी नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ। नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै थारु समुदायको अटवारी पर्वका अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको हो ।

नगर प्रमुख पोतीलाल चौधरीले यही भदौ १२ र १३ गते नगरपालिका क्षेत्रभित्र दुई दिन स्थानीय सार्वजनिक बिदा दिइएको जनाएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ