यस्तो छ एमाले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । आजबाट पार्टी कार्यालय च्यासलमा सुरु भएको बैठकमा अध्यक्ष ओलीले पार्टीको जनमत १६ प्रतिशत बढाउने योजनासहितको १९ पेज लामो प्रतिवेदन पेश गरेका हुन् ।

उनले जनता अलमलमा पर्नसक्ने भन्दै उनीहरुलाई अलमलबाट मुक्त गरेर एमालेको पक्षमा आउने वातावरण बनाउने जिम्मेवारी पार्टीका नेता, कार्यकर्ताहरूको काँधमा रहेको पनि प्रतिवेदनमा उल्लेख गरेका छन्।

कांग्रेस नेतृत्वको गठबन्धन सरकारले मनपरी मन्त्रालय र मन्त्रीहरु थप्दा संघीय प्रणाली र प्रादेशिक संरचनाबाट प्राप्त उपलब्धीप्रति नै वितृष्णा बढेको प्रतिवेदनमा उल्लेख छ ।

‘प्रदेशहरूमा मन्त्रालय र मन्त्रीहरूको सङ्ख्या जथाभावी विस्तार गरिएको छ। अर्कातिर गठबन्धनले बेथिति बढाइरहेको छु, उनले प्रतिवेदनमा भनेका छन्, ‘यहि बेथितिका कारण जनतामा प्रादेशिक संरचना, सङ्घीय प्रणाली र समग्रमा राजनीतिक उपलब्धिहरूप्रति नै वितृष्णा बढ्न थालेको छ । ’

उनले गठबन्धनको अदूरदर्शी नीतिका कारण यस्तो संकट आएको पनि प्रतिवेदनमा उल्लेख गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ