सुदूरपश्चिम प्रदेश अध्यक्ष शाहीले छाडे नेकपा एकीकृत समाजवादी


धनगढी –  नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश नेता विक्रमबहादुर  शाहीले पार्टी परित्यागको घोषणा गरेका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै उनले पार्टी छाडेको घोषणा गरेका हुन्।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले भनेका छन्, ‘२०५४ सालमा वामदेव फुटबाट पनि शक्ति प्राप्त हुन्छ” भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरू हौसिँदै उहाँको पछि लागे। गत वर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो त्यसको पछाडि लाग्नेमा म पनि थिएँ।’

पार्टी विभाजनले काङ्ग्रेसलगायत पश्चिमा पुँजीवादीहरूलाई मात्रै फाइदा पुर्‍याएको शाहीको विश्लेषण छ।

‘पार्टी विभाजनले कांग्रेस लगायत पश्चिमा पुँजीवादीहरूको नै फाइदा पुर्‍यायो’ शाहीले भने, ‘त्यसबापतको पछुतो र आत्मग्लानी भएको छ।’विगत ५–६ महिनादेखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको अवस्था थियो भने आजका मितिदेखि म कुनै दलसँग आवद्ध नरहेको घोषणा गर्दछु।’



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ