समानुपातिक निर्वाचनका लागि भदौ १० गते देखि दल दर्ता


समानुपातिक निर्वाचनका लागि भदौ १० गते देखि दल दर्ता

काठमाडु-  आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दललाई निवेदन दिन आव्हान गरेको छ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहाने राजनीतिक दललाई निवेदन पेश गर्न आव्हान गरेको हो  ।

निर्वाचन आयोगले जारी गरेको सार्वजनिक सुचना अनुसार  भदौ १० देखी  भदौ १२ गते सम्म समानुपातिक तर्फको निर्वाचनमा भाग लिनका लागि दल दर्ता गरिसक्नु पर्नेछ । आयोगका अनुसार समानुपातिक तर्फको निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनु पर्नेछ ।

यसअघि आयोगले गएको साउनमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आव्हान गर्दा ८७ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ