कैलाली कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा समस्या
कैलाली – जिल्ला कारागारमा क्षमता भन्दा बढी कैदी भएपछि कैदी बन्दीहरुलाई सास्ती भएको छ ।
कैलाली जिल्ला कारागारमा १५० कैलादी क्षमता भएपनि हाल ५८७ कैदी बन्दीहरु रहेका छन । तीमध्ये कारागारमा २०१ थुनुवा र ३०८ स्वदेशी पुरुष र १६ थुनुवा र २३ कैदी विदेशी गरेर ५४८ पुरुष रहेका छन । त्यस्तै २६ जना कैदी र १० जना बन्दी गरी स्वदेशी महिला ३६ र एक विदेशी महिला कैदी कैलाली कारगारमा रहेका छन । कारागारमा तीन जना आश्रित समेत रहेका छन ।
कैलाली जिल्ला कारागारका प्रमुख नरबहादुर थापाले सुदूरपश्चिम प्रदेशको रेफरल कारागारको रुपमा रहेकोले क्षमता भन्दाबढी कैदी बन्दीहरुका कारण समस्या भएको बताए ।
कारागारमा भवन अभावमा एउटै कोठामा २३ जना समेत बस्नु परेको र शौचालय समेत एउटै रहेका कारण समस्या रहेको कारागारका कैदी मीनबहादुर खडकाले बताए ।
तपाईको प्रतिक्रिया दिनुहोस