देशभर थप ६ सय २३ जनामा कोरोना पुष्टि


 देशभर थप ६ सय २३ जनामा कोरोना पुष्टि

काठमाडु-  पछिल्लो २४ घन्टामा एकैदिन  देशभर थप ६ सय २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर ४ हजार ९ सय ४५ नमूना परीक्षण गर्दा ६ सय २३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ६ सय २१ र एन्टिजेनबाट ३ हजार ३ सय २४ नमूनाको परीक्षण गर्दा पीसीआरबाट २ सय ४६ र एन्टिजेनबाट ३ सय ७७ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।

पछिल्लो २४ घन्टाको अवधिमा थप ४ सय ८७ जना कोरोनामुक्त भएका छन् । हाल कोरोना सक्रिय संक्रमितको संख्या ५ हजार २४ पुगेको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ