बाजुराका १९ जना महिलाको उद्धार


बेचिनैं लागेका बाजुराका १९ जना महिलाको उद्धार

बाजुरा- कञ्चनपुरको गड्डाचौकी र  कैलालीको त्रिनगर नाकाबाट बाजुराका १९ जना महिलाको उद्धार गरिएको छ । भारतमा राम्रो काम लगाइ दिने प्रलोभन पार्दै बाजुराका १९ जना महिलालाइ दलालहरुले बिक्री गर्ने उद्देश्यले भारत लग्दै  गरेको अवस्थामा उद्धार गरिएको शान्ति पुर्नस्थापना गृह कैलाली र गड्डाचौकीले बताएको छ ।

बाजुराको ९ वटै स्थानीय तहका अधिकाशं महिलाहरु घरको आर्थिक स्थिति निकै कम्जोर भएकोले उनीहरु कामको खोजीमा प्रत्येक वर्षमा भारत जाने गर्दछन् ।

वर्ष २०७८ असार देखि २०७९ साउन सम्म बाजुराका महिलालाई त्रिनगर र गड्डाचौकी सिमानाकाबाट भारत तर्फ लगिरहेको अवस्थामा बाजुराका १९ जना महिलालाई उद्धार गरिएको शान्ति पुर्नस्थापना गृह शाखा कञ्चनपुर गड्डाचौकीका कर्याक्रम सयोजक सञ्चित सिहल बताए ।

पुर्नस्थापना गृहका अनुसार २०७८ सालको असार देखि २०७९ सालको साउन सम्म कैलालीको त्रिनगर नाकाबाट ७ र कञ्चनपुर गड्डाचौकी नाकाबाट १२ जना गरी १९ जना बाजुराका महिलाहरुको उद्धार गरिएको जनाएको छ ।

 

प्रकाशित 


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ