भदौ ५ गतेदेखि सुदूरपश्चिममा १२ वर्ष मुनिका बालबालिकालाई कोभिड खोप लगाइँदै
काठमाडौं- सरकारले आगामी भदौ ५ गतेदेखि सुदूरपश्चिम प्रदेशमा रहेका ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि लक्षित गर्दै कोभिडविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्र खोप दिइँदैछ।
कतिपय स्थानीय तहले खोपको उपलब्धता र सहजताका आधारमा खोप दिने भएकाले थप जानकारीका लागि नजिकैको वडा कार्यालय वा विद्यालयमा सम्पर्क गरी खोप लगाउन पनि मन्त्रालयले अनुरोध गरेको छ।
आगामी भदौ ५ गतेदेखि सुदूरपश्चिम प्रदेशका ६ वटा जिल्ला अछाम ,डोटी ,बझाङ, बाजुरा , बैतडी र दार्चुला खोप दिइँदैछ।
तपाईको प्रतिक्रिया दिनुहोस