सुदूरपश्चिममा थप १२१ जनामा कोरोना पुष्टि


सुदूरपश्चिममा थप १२१ जनामा कोरोना पुष्टि

अत्तरीया- सुदूरपश्चिममा मात्र थप एकै दिनमा १२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार ९६७ जनाको नमुना एन्टिजेन विधि र ७७ जनाको नमुना पीसीआर विधिबाट परीक्षण गर्दा १२१ जनामा संक्रमण फेला परेको बताएको छ ।

कैलालीको सेती प्रादेशिक अस्पतालमा ६७ नमुनालाई पीसीआर परीक्षण गर्दा २२ जना र डडेल्धुराको डडेल्धुरा अस्पतालमा ८ नमुना परीक्षण गर्दा २ जनामा  संक्रमण फेला परेको निर्देशनालयले दीपायलले जनाएको छ । यस्तै कञ्चनपुरमा ७९८ नमुना ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ७४ जना, कैलालीमा २९३ नमुना परीक्षण गर्दा १९, बैतडीमा १३ नमुना परीक्षण गर्दा १ र बझाङमा ३ नमुना परीक्षण गर्दा २ जनामा कोरोना भेटिएको जनाएको छ ।

हाल सेती अस्पतालमा १० जना कोरोना संक्रमितको उपचार भइरहेको छ भने ४ जना आज कोरोनामुक्त भएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ