प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ मा गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं – सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
यस अघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस