अवैध काठ लुकाएको आरोपमा धनगढीका काठ व्यवसायी पक्राउ


अवैध काठ लुकाएको आरोपम धनगढीका काठ व्यवसायी पक्राउ

धनगढी – अवैध काठ लुकाएको आरोपमा कैलालीको धनगढीमा एक व्यवसायी पक्राउ परेका छन् ।

प्रक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जालीका करन चौधरी रहेका छन् । उनको खेतमा गाडिएको अवैध काठ फेला परेको थियो । वडा नम्बर ५ मा काठ व्यवसाय सञ्चालन गर्दै आएका चौधरीले आफ्नो जग्गामा अवैध काठ भेटिएपछि उनलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय धनगढीका प्रमुख निमित्त प्रमुख पूर्णशंकर यादवले जानकारी दिए ।

उनलाई काठसहित डिभिजन वन कार्यालयमा ल्याइएको र अहिले चौधरीलाई सशस्त्र वन सुरक्षा शाखामा राखिएको छ जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ