चुनाव अघि पार्टी एकता सम्भव छैन : अध्यक्ष नेपाल


चुनाव अघि पार्टी एकता सम्भव छैन : अध्यक्ष नेपाल

डोटी –नेकपा एकीकृत (समाजवादी) पार्टीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले चुनाव अघि पार्टी एकता सम्भव नभएकाे तर चुनावी माेर्चा बन्न सक्ने बताएका छन् ।

पार्टीकाे अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमका लागि डाेटी पुगेका अध्यक्ष नेपालले  संचारकर्मीहरुसंग कुरा गर्नेक्रममा यस्ताे बताएका हुन् । अध्यक्ष नेपालले भने – “हामीले स्थानीय निर्वाचन हेरेका छाै, गठवन्धन भनेर मात्र हुदैन, सबै बफादार हुनुपर्छ । तर स्थानीय निर्वाचनमा त्यस्ताे देखिएन । अब आफ्नै खुट्टामा उभिने हाे, सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने हाे । चुनावी माेर्चा बन्न सक्छ, तर निर्वाचन अघि कुनै पनि पार्टीसंग एकता हुँदैन ।”

संचारकर्मीकाे प्रश्नको जवाफ दिदै अध्यक्ष नेपालले पार्टी एकताकाे लागि गृहकार्य समेत अगाडि बढेकाे बताए । तर निर्वाचन अगाडि एकताकाे कुरा सम्भावना नभएकाे समेत उनले बताए ।आज नै डोटीमा एकीकृत (समाजवादी) ले जिल्ला भेला तथा प्रशिक्षणको आयोजना गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ