राष्ट्रिय स्वतन्त्र पार्टीको धनगढीमा भेला स्थानियको उल्लेख्य सहभागीता


राष्ट्रिय स्वतन्त्र पार्टीको धनगढीमा भेला स्थानियको उल्लेख्य सहभागीता

धनगढी –राष्ट्रिय स्वतन्त्र पार्टीले धनगढीमा भेला सम्पन्न गरेको छ । शनिबार धनगढीको ओम प्यालेसमा उक्त पार्टीले सभाको आयोजना गरेको हो ।

हलमा ठुलो संख्यामा सहभागीहरुको सहभागिता रहेको थियो । भेलालाई पार्टीका अध्यक्ष रबि लामीछाने ले सम्बोधन गरेका थिए ।

उनले आफुलाई राजनिती गर्न जान्दैनन भने आरोप लाग्ने गरेको भएपनी राजनिती गर्न जान्नेहरुले देश बिगारेकाले अब देश बनाउन आफुहरु राजनितीमा लागेको बताए ।

उनले सभामा आएकाहरुलाई लक्षित गर्दै भने – ‘यो भिड कुनै प्रलोभन दिएर नआएको स्वतस्फुर्त रुपमा आएका र देश परिबर्तन गर्नको लागी आएको भिड रहेको छ।’

उनले आगामी निर्बाचनमा यही भिडबाट नै उम्मेदवार छानिने बताए । उनले अहिलेको राजनितीमा सत्ता पक्ष र प्रतिपक्ष दुबै मिलेर राजनिती दुर्गन्धित बनाएको आरोप लगाए।

उनले अर्थ मन्त्रालयको सिसिटिभी फुटेज रिकभर हुन नसकेको चर्चा प्रती लक्षित गर्दै भने – ‘चुनौतीका साथ भन्छु, मलाई एक घण्टाका लागि अर्थमन्त्रालयको कम्प्युटरको हार्डडिस्क दिइयोस्।’, उनले भने, ‘कस्तो कलरमा चाहिन्छ ? एचडीमा चाहियो कि फोरके ? रिकभर गरेर सर्वसाधारणलाई देखाउन सकिनँ भने भन्नुहोला।’

यस्तै भेलालाई धनगढी उमहानगरपालिकाका मेयर गोपाल हमालले पनि सम्बोधन गरेका थिए ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ