गेटा आँखा अस्पतालको २१औं शाखा आँखा उपचार केन्द्र टाँटे बाजुरामा स्थापना


धनगढी –सुदूरपश्चिम प्रदेशको सबै क्षेत्रमा आँखा उपचार सेवाको पहूँच विस्तार गर्ने कार्ययोजना अनुसार नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पतालले बाजुरामा २१औं शाखा आँखा उपचार केन्द्र टाँटे बाजुराको स्थापना गरेको छ ।

बुढीगंगा नगरपालिका सितको सहकार्य तथा सेभा नेपालको सहयोगमा  बुढीगंगा नगरपालिका, त्रिवेणी नगरपालिका र छेडेदह गाँउपालिकाका आँखाका रोगीहरुलाई नियमित आँखा उपचार सेवा प्रदान गर्न स्वास्थ्य चौकी टाँटेमा श्राबण ११ मा  आँखा उपचार सेवा संचालन गरिएको छ । उक्त उपचार केन्द्रमा अत्याधुनिक उपकरणहरुको प्रयोग गरि आँखा परिक्षण, औषधि उपचार, चश्मा जाँच तथा उपचार केन्द्र मै चश्मा तयार गरिनुको साथै सामान्य शल्यक्रिया समेत गरिएको छ ।

उपचार केन्द्रबाट समुदायमा आँखा उपचार तथा जनचेतना जगाउन महिला स्वास्थ्य स्वयं सेविका तालिम, शिक्षकहरुका लागि आधारभूत आँखा स्वास्थ्य सम्वन्धि तालिमको साथै विद्यालय आँखा स्वास्थ्य कार्यक्रम समेत संचालन समेत गरिएको  छ ।

बुढीगंगा नगरपालिका वार्ड नं. ५ का अध्यक्ष श्री चक्र थापा ज्यूको सभापतित्वमा संचालित उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख श्री राम बहादुर बानिया ले  आँखा उपचार केन्द्रको बिधिवत उद्घाटन गरेका थिए । कार्यक्रममा  गेटा आँखा अस्पतालका चीफ मेडिकल डाईरेक्टर डा सुरेश राज पन्त ले  आँखा उपचार केन्द्रले प्रदान गर्ने सेवाको बिषयमा प्रकाश पारेका  थिए  ।

यस प्रदेशको अन्धोपन न्यूनीकरण तथा गुणस्तरीय आँखा उपचार सेवा पुर्याउन गेटा आँखा अस्पतालले अस्पताल तथा यस अन्तरगत यस प्रदेशका ९ वटै जिल्लामा संचालित २१ वटा शाखाहरु बाट नियमित उपचार सेवा प्रदान गर्नको अतिरिक्त विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरुबाट सहयोग जुटाई आँखा उपचार सेवाको पहूँच बढाउन आँखा शिविर मार्फत समेत सेवा प्रवाह गरि रहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ