कोरानाबाट २ जनाको मृत्यु , थप ६३८ जना कोरोना सक्रमित ,


कोरानाबाट २ जनाको मृत्यु , थप ६३८ जना कोरोना सक्रमित ,

काठमाडु – पछिल्लो २४ घण्टामा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५५ जनाको परीक्षणमा ६३८ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये २ हजार २१५ जनाको पीसीआर परीक्षण गर्दा ४०० जना र २ हजार ८४० जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

यो सँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ७१४ पुगेको छ । पछिल्लो २४ घण्टामा २१८ जना संक्रमण मुक्त भएका छन् । जसमध्ये ३ हजार ५८१ जना होम आइसोलेसनमा रहेका छन् भने १३३ जना संस्थागत आइसोलेसन र ३० जना आईसीयूमा छन् । यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २६ हजार ३२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ