सुदूरपश्चिम १ बर्षमा २४२ जबरजस्ती करणीका घटना


सुदूरपश्चिममा १ बर्षमा २४२ जबरजस्ती करणीका घटना,, 

कैलाली – आर्थिक वर्ष २०७८/०७९ मा सुदूरपश्चिम प्रदेशमा २४२ जबरजस्ती करणीका घटना भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले दिएको विवरण अनुसार एक वर्षको अवधिमा उक्त संख्यामा बलात्कार सम्बन्धी जाहेरी दर्ता भएका हुन् । गत आर्थिक वर्षमा २ सय ३० वटा जाहेरी परेका थिए । यस्तै, आर्थिक वर्ष ०७६/०७७ मा १९८ महिला तथा बालिकामाथि जबरजस्ती करणी भएको तथ्याङ्कले देखाएको छ ।

यसरी हेर्दा सुदूरपश्चिममा बर्षेनी जबरजस्ती करणीका घटनाहरु बढ्दै गएको तथ्याङ्कले देखाउछ । कैलालीमा सबैभन्दा बढी जबरजस्ती करणीका घटना भएका प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ । कैलालीमा मात्रै १ सय १९ जाहेरी दर्ता भएका छन् । कञ्चनपुरमा ३३ जाहेरी परेका छन् ।

यस्तै प्रदेशका सात पहाडी जिल्लाहरू मध्ये डोटीमा सबैभन्दा बढी जबरजस्ती करणीका घटना दर्ता भएका छन् । डोटी जिल्लामा २० जाहेरी परेको प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको विवरणमा उल्लेख गरिएको छ । यस्तै बझाङ्गमा १५, अछाम र बाजुरामा १३/१३, बैतडीमा १२ र दार्चुलामा १० घटना भएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ